बर्षा सुरु हुँनै लाग्दा तराइका स्थानीय त्रसित | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

बर्षा सुरु हुँनै लाग्दा तराइका स्थानीय त्रसित

राकेश यादव

रौतहट, ८ जेठ । तराईका जिल्लामा गत साउनमा आएको बाढीले क्षति पु-याएको पुल, बाँध सडक लगायतका संचरनाको पुनः निर्माण भएको छैन । एक बर्ष पुग्न लाग्दा पनि पुनः निर्माण नहुँदा फेरी बाढीको जोखिम बढेको भन्दै स्थानीय त्रसित भएका छन् ।

गत साउनमा आएको बाढीले तराइका जिल्लामा धेरै भौतिक संरचनामा क्षति पुगेको थियो । बाढी आएको एक बर्ष पुग्न लाग्दा पनि भौतिक संरचानको पुनःनिर्माण भएको छैन ।

बाढीका कारण पुल, बाँध सडक लगायतका संचरना जीर्ण अवस्थामा छन् । बाढीबाट वागमती नदीको दुवै तर्फ ९ स्थान र लालबकैया नदीको दुईतर्फी २२ स्थानमा बाँधहरु भत्किएको थियो ।

भत्किएको बाँध बनाउन कुनै पहल भएको छैन । भौतिक संरचनाको स्तरोन्नति नहुँदा रौतहट र सर्लाहीका लाखौ जनताहरु जोखिममा छन् । बर्षा सुरु हुनै लाग्दा फेरी बाढीको त्रासले स्थानीयलाई सताउन थालेको छ ।

बाँध निर्माणका लागि २० करोड भन्दा धेरै बजेट चाहिने भएकाले केन्द्रमा पत्रचार गरेपनि बजेट नआउँदा पुनः निर्माण हुन नसकेको सरोकारवालाको भनाइ छ ।

बाँध बनाउन भारतीय पक्षसँग छलफल भए पनि केहि स्थानमा मात्र बाँध बनाउन भारत सहमत भएको छ । अन्य स्थानमा पनि बाँध बनाउनको लागि भारतसँग छलफल गर्न केन्द्र सरकारलाई सरोकारवालाले आग्रह गरेका छन् ।

सरकारी पक्षले भने बाँध निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको दाबी गरेको छ । आफ्नो क्षेत्रमा पर्ने भागमा भारतले बाँधको निर्माण गरिसकेको छ । तर नेपालतर्फको बाँध भने निर्माण भएको छैन । फेरी बर्षा सुरु हुनै लागेकाले यतीबेला स्थानीय बाढीको त्रासमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);