नेकपाका ७ नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपाका ७ नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ७ जेठ । सर्वोच्च अदालतले अमर झाँक्रीसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सात जना नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

झाँक्री सहित शिवराज नेपाली, देवबहादुर सूचिकार, हरिशचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा र दिलबहादुर बुढाथोकीलाई गैरकानुनी कानुन ढंगले थुनामा राख्न नमिल्ने उल्लेख गर्दै तत्काल थुनामुक्त गर्न सोमबार आदेश दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणअघि पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधिशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजालासले उनीहरुलाई थुनामा राख्ने प्रमाण र कानुनी आधार नदेखिएको भन्दै तत्काल थुनामुक्त गर्ने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्च अदालतले थुनामा राखेर अनुसन्धानका लागि आदेश दिँदा म्याद थप गर्नुपर्ने औचित्य पुष्टि हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);