आजको ग्रहफल - मिति २०७४ साल भदौ १ गते दशमी, एकादशी तिथि बिहीबार | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
संघर्ष गर्नु परे पनि हिम्मतले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको विपरीत अर्थ लाग्नाले समस्यामा परिनेछ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। भैपरी आउने खर्चका कारण त्यति सञ्चय गर्न नसकिएला। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनाग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नै बलजफ्तीले काम बिग्रन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मिहिनेत गर्दा नयाँ काम फेला पर्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जम्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा नेतृत्व हातलागी हुने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। आफ्नै बेहोसीले नोक्सान पुर्याउला। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। तापनि चुनौतीहरू पन्छाउँदै केही काम बनाउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आस मारेको कामले आशा जगाउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भौतिक साधनले मन लोभ्याउन सक्छ। जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवनको यात्रा रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। व्यावसायिक कामले यात्रा गराउला। उद्योग र व्यापारमा फाइदा हुनेछ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुने समय छ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अप्रिय समाचारले दु:खी बनाउला। अध्ययनमा त्यति प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने समय छ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनको डरले सताए पनि केही समय पर्खंदा स्थितिमा सुधार आई उन्नति हुन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। काम बिग्रने डरले सताउनेछ, योजना गोप्य राख्नुहोला।  – नेपाली पात्रोबाट साभार

ताजा समाचार