उदयपुर, ५ जेठ । उदयपुर गोल्डकप प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले हात पारेको छ । उदयपुर रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि हात पारेको हो ।
दोस्रो हाफमा दुवै क्लबका एक एक खेलाडीले रातो कार्ड पाएपछि दश खेलाडीमा खेलेका थिए । खेलको ७८औँ मिनेटमा मैदानमै हात हालाहाल भएपछि रेफ्रीले मनाङका विमल बस्नेत र थ्री स्टारका मार्टिनलाई रातो कार्ड देखाएका थिए।
फाइनल खेलको म्यान अफ दि म्याच मनाङका दोन थापा घोषित भए । विजेता थ्री स्टारले ५ लाख नगद र ट्रफि तथा उपविजेता मनाङले ३ लाख पुरस्कार हात पारेको छ ।