कम्युनिष्ट पार्टीको एकता कांग्रेसलार्इ औषधी बन्ने संकेत | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कम्युनिष्ट पार्टीको एकता कांग्रेसलार्इ औषधी बन्ने संकेत

congress offc

काठमाडौं, ५ जेठ । संसदका पहिलो र तेस्रो शक्ति मिलेर एउटै पार्टी बनाएपछि दोस्रो पार्टीको हैसियतमा रहेको विपक्षी दल कांग्रेस रक्षात्मक बनेको छ । केही दिनअघि सम्म गुटका भेला गरेर एक अर्कालाई अरोप–प्रत्यारोप गर्ने कांग्रेस नेताहरु नेकपा गठनपछि आन्तरिक एकताको कुरा गर्न थालेका छन् । शक्तिशाली नेकपाको सामना गर्न कांग्रेस पनि आन्तरिक रुपमा बलियो हुनुपर्ने निष्कर्षमा उनीहरु पुगेका छन् ।

निर्वाचनमा नराम्रो पराजय भएसँगै घरझगडामा रुमल्लिएको नेपाली कांग्रेसमा कम्युनिष्ट पार्टीको एकता औषधी बन्ने संकेत देखिएको छ । हिजोसम्म नेतृत्वले राजिनामा दिनुपर्छ भन्ने रामचन्द्र पौडेल तथा कृष्ण सिटौंला गुट र पार्टी हारको कारण अन्तरर्घात भएको भन्दै त्यसको कारण सिटौंला र पौडेल समुहमा लगाएर घर झगडामा उत्रिएका कांग्रेस पदाधिकारीहरु यतिवेला कार्यकर्तालाई सान्त्वना दिन र कम्युनिष्ट एकताबाट नआत्तिन आग्रह गरिरहेका छन् ।

उनीहरुले भातृ संगठनहरुलाई कम्युनिष्ट सरकारका गलत शैली जनतामा पु¥याउन र पाँच वर्षपछिको राजनीतिका लागि युवाहरुलाई तयार पर्न तरुणहरुलाई हौस्याइरहेका छन् ।

फरक–फरक गुटमा रहेका नेताहरुको फरक भेलामा गरिएका संबोधनमा समेत समानता देखिन थालेको छ । देउवाको विरोधमा रहेका प्रकाशमान सिंहले शनिबार तरुण दलको काठमाडौं भेलामा दिएको अभिव्यक्ति र वीरगन्जमा टे«ड युनियन कांग्रेसको दुई नम्बर प्रदेशको नवनिर्वाचित कार्यसमितिको पदस्थापनमा उपसभापति विमलेन्द्र निधिले दिएको अभिव्यक्ति समान प्रकृतिको थियो ।

हुन पनि कांग्रेस नेताहरु संकटमा मात्र पार्टी बलियो हुने कुरा बताउन कुनै हिचकिचाहट देखाउँदैनन् । उनीहरु राणा, राजा र पञ्चायत बलियो भएकावेला मात्र नभएर नेकपा माओवादी बलियो भएपछि कांग्रेस थप बलियो भएको भन्दै अब पनि कांग्रेस बलियो हुने अवसर प्राप्त भएको बताइरहेका छन् ।

सधैं अवसरको समय आन्तरिक झगडामै खर्च गर्ने र संकटमा मिल्ने कांग्रेसले अबको पाँच वर्ष मिलेर आफूलाई सुदृढ गर्छ वा अहिले झै घर झगडामैं रुमलिन्छ त्यो भने आगामी दिनले नैं देखाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);