सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण

krishana bdr mahara

काठमाडौं, ४ जेठ । सांसदहरुले सदनमा उठाएका सार्वजनिक सरोकारका विषयलाई हलुका रुपमा नलिन सभामुख कृष्णबहादुर महराले सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख महराले सांसदहरुले महत्वपुर्ण सार्वजनिक सरोकारका विषय उठाएका विषयलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विशेष समयमा सांसदहरुले उठाएका सार्वजनिक महत्वका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीले सदनमा उपस्थित भएर जानकारी गराउनुपर्ने संसदीय व्यवस्था छ ।

तर, संसदप्रति सरकारको उदासिनता तथा संसदको निरिहपनका कारण विशेष र शुन्य समयमा सांसदहरुले उठाएका विषयहरु बैठक कक्ष र सचिवालयको लिखत दस्तावेजमा मात्रै सिमित हुँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);