काठमाडौं, ३ जेठ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले समाजको जीवन्ततालाई मर्न नदिने गरी सरकारले प्रविधिको उपयोग गर्ने नीति लिएको बताएका छन् ।
राज्यमन्त्री बास्कोटाले राष्ट्रको आवश्यक्ता र क्षमता अनुसार सूचना प्रविधिको उपयोग गर्दैै लैजाने योजना अघि सारेका छन् । विश्व टेलिकम्युनिकेशन तथा इन्फरमेशन सोसाइटी दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिको सही प्रयोग नभए त्यो अभिशाप हुने बताए ।
राज्यमन्त्री बास्कोटाले जनजीवनलाई सहज बनाउन र आयआर्जनतर्फ उन्मुख गराउन प्रविधिहरुको उपयोग गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
राज्यमन्त्री बास्कोटाले आर्थिक हैसियत कमजोर भएका मुलुकहरुका लागि प्रविधिको उच्चतम प्रयोग हितकर नहुने बताए ।