आईपीएल : पञ्जाबविरुद्ध मुम्बईको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आईपीएल : पञ्जाबविरुद्ध मुम्बईको रोमाञ्चक जित

bumrah- mumbai

एजेन्सी, ३ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल) रोमाञ्चक मोडमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलाभेन पञ्जाबलाई ३ रनले पराजित गरेसँगै आईपीएल रोमाञ्चक मोडमा पुगेको हो ।

मुम्बईको जितसँगै प्लेअफमा पाँचमध्ये कुन कुन दुई टिम छनोट हुन्छन् भन्ने कौतुहलता बढेको छ । सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले प्लेअफमा यसअघि नै स्थान बनाइ सकेकामा दुई टीमको टुंगो लाग्न बाँकी छ । प्ले अफमा स्थान बनाउन कोलकत्ता नाइट राइडर्स, मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, किंग्स इलाभेन र रोयल च्यालेन्जर्स बैंगलोरबीच तिब्र प्रतिस्पर्धा छ ।

यी पाँचमध्ये रोयल च्यालेन्जर्सले दुई खेल तथा बाँकी चार टीमले एक खेल खेल्न बाँकी छ । प्लेअफको प्रतिस्पर्धामा कायम रहन रोयल च्यालेन्जर्सलाई शीर्ष स्थानको सनराइजर्स हैदरावादसँगको आजको खेल जित्नै पर्ने दबाब छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इण्डियन्सले गएराति किंग्स इलाभेन पञ्जाबलाई १ सय ८३ रनमा रोकेर तीन रनको रोमाञ्चक जित दर्ता गर्‍यो । पञ्जाबका लागि केएल राहुलले ९४ तथा एरोन फिञ्चले ४६ रनको योगदान गरेपनि मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा जम्मा १५ रन खर्चिएर तीन विकेट लिएपछि किंग्स इलाभेन पराजित भएको हो ।

त्यसअघि मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । मुम्बईका लागि पोलार्डले अर्धशतक बनाएका थिए । किंग्स इलाभेन र मुम्बई दुवैको १३ खेलबाट १२ अंक भएपनि रनरेटका आधारमा मुम्बई चौंथो स्थानमा छ भने किंग्स इलाभेन छैटौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);