काठमाडौं, २ जेठ । पर्यटकहरुको पहिलो रोजाइमा पर्ने रारा तालमा दिनहु जसो सयौं सख्यामा पर्यटकहरु पुग्ने गरेका छन् ।
सडक सञ्जालले रारालाई छोएपछि यहाँ आउने आन्तरिक पर्यटकमा पनि बृद्धि भएको छ । नेपालको सबैभन्दा ठूलो ताल रारालाई सडक सञ्जालले छोए पनि यसको आवश्यकता अनुसार स्तरोन्नत्ति भने गर्न नसकेको स्थानियको गुनासो छ । सुर्खेतदेखि नाग्मसम्मको सडकको पिच भए पनि बिच भागको सडकको अवस्था अत्यन्तै नाजुक रहेकाले सडक सञ्जाल पुगेपनि सहज भने नभएको पर्यटकहरुको भनाई छ । पहिरोले तथा वर्षातको समयमा खोल्साहरुका सडकको अवस्था नाजुक हुने गरेको छ ।
‘कर्णालीको समृद्धिको आधार भने कै पर्यटन र जडीबुडी भएकाले पनि कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन बर्ष २०७५ घोषणा गरेको पनि गरिसकेको छ । तर कर्णाली प्रदेशका सबै जिल्लाहरुमा यातायात पहुँच नहुनुका साथै हवाई सेवा नियमित नहुनू जस्ता कारणले अपेक्षित पर्यटक भने भित्राउन सकिएको छैन ।




