सीमावर्ती क्षेत्रका पम्पबाट भारततर्फ इन्धन तस्करी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सीमावर्ती क्षेत्रका पम्पबाट भारततर्फ इन्धन तस्करी

अनुप तिवारी
पर्सा, १ जेठ । भारतमा भन्दा नेपालमा पेट्राल र डिजलको मूल्य सस्तो भएपछि वीरगन्ज भन्सार नाकाबाट पछिल्लो समय आयत बढेको छ । नेपालमा पेट्राल र डिजल सस्तो भएपछि सीमावर्ती क्षेत्रका पम्पहरुबाट तस्करहरुले इन्धन भारत पु¥याउने गरेकाले आयत बढेको हो ।

विगत ६ महिनादेखि वीरगन्ज भन्सार नाकाबाट इन्धनको आयत बढेको छ । भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो भएपछि सीमावर्ती क्षेत्रका पम्पहरुबाट इन्धनको तस्करी बढेकाले आयात बढेको हो ।

नेपालमा भारतको भन्दा पेट्रोल प्रतिलिटर २० रुपैयाँ र डिजेल २४ रुपैयाँ सस्तो छ । तेस्रो मुलुकबाट इन्धन आयात गर्दा नेपालले डलरमा भुक्तानी गर्दा भारतमा भन्दा नेपालमा सस्तो भएको हो ।

नाफा धेरै हुने भएपछि तस्करहरुले पर्साको धोबनी, लंगडी, पोखरिया, पकहा मैनपुरमा रहेका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ भारततर्फ ओसारपसार गर्दै आएका छन् ।

चालु आर्थिक वर्षको ९ महिनामा वीरगन्ज नाका भएर ३१ अर्ब ५४ करोड मूल्य बराबरको डिजेल तथा ११ अर्ब २० करोडको पेट्रोल आयात भएको छ ।

गत वर्ष यहि अवधिमा डिजेल २३ अर्ब तथा पट्रोल ८ अर्बको आयात भएको थियो । अहिले बीरगन्ज नाका बाट डिजेल र पेट्रोलको आयात झण्डै १ सय ३३ प्रतिशतले बढेको छ । आयाल निगमको वीरगन्ज कार्यालयले तस्करी नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेपनि चासो दिएको छैन ।

इन्धन तस्करी भइरहँदा पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी समेत मुखदर्शक बनेका छन् । इन्धन तस्करीका कारण नेपालालाई दोहोरो घाटा हुने भएकाले नियन्त्रण गर्न सरोकारवाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);