एजेन्सी , साउन ३२ । पछिल्लो केही हप्ताको विवरण अनुसार हलिउडका २ फिल्म याक्सन स्टनरको स्टन्ट गर्ने क्रममा मृत्यु भएको बि बि सीले जनाएको छ ।
एक स्टन्ट ओमनको याक्सन फिल्म सिरिज डेड पुल २ को सुटिङका लागि मोटरसाइकल स्टन गर्ने क्रममा मारिएकी थिइन् । उक्त फिल्म क्यानाडाको भ्यानकुभर शहरमा छायांकन हुदै थियो । दृश्यका प्रत्यक्ष दर्सीका अनुसार मोटरसाइकललाई ज्वोइ एस जे ह्यारिसले कन्ट्रोल गर्न नसक्दा ढुङगामा ठोक्किएपछि एक भवनमा गएर क्रयास् भएको थियो ।
अर्का स्टन्टबाज जोन बक्कर पनि द वाकिङ डेडको सेटमा सुटिङको क्रममा मृत्यु भएको थियो ।
युकेमा स्टन्टबाज र द्धन्द्ध निर्देशकका छुट्टै जोइन्ट स्टन्ट कमिटी रहेको छ जसले हरेक स्टनर सदस्यका लागि टे«निङ तथा जिवन बिमा जस्ता सुविधा दिदै आएको छ । जहाँ स्टनरहरुलाई तीन तहमा विभाजन गरिएको छः सिकारु ,अर्धदक्ष र दक्ष ।
सो कमिटीमा सदस्य बन्न सजिलो नभएको बताउछन् स्टनर टोनी क्रिस्टयान । ७ वर्ष जोखिम मोले पछि मात्र उनीहरुलाई काबिल मानिन्छन् अनि उनीहरुको करिएर यात्रा त्यहाबाट सुरु हुन्छ । स्टनर बन्नु अघि विभिन्न कलाबाजी गर्न आफु निपुण भएको र स्वास्थ्य सम्बन्धी समस्या नभएको प्रमाणित गर्न पर्ने जरुरी रहेको उनी बताउछन् । उनका अनुसार कम्तीमा ६ अथवा सो भन्दा बढि स्टन्ट क्याटागोरीमा पोक्त हुनुपर्छ । जसमा मार्सल एन्ड बक्सीङ , ट्रयाम्पोलीङ एन्ड हाइ डाइभिङ , हर्स ड्राइभिङ एन्ड कार, मोटरसाइकल, जीम्यास्टिक एन्ड रक क्लाइम्बिङ , सुइमिङ एन्ड अकुवा पर्छन् ।
क्रिष्टका अनुसार केहि कलाकारहरु आफै स्टन्ट गर्छन् भने कोहि स्टन्ट म्यानको भरमा फिल्म सुट गर्छन् । तर प्राय स्टन्ट आफैले नै गर्नुपर्ने उनको भनाइ छ ।
तर यो स्टन्टमा मृत्यु हुनेको संख्या बढ्दै गएपनि नयाँ स्टनरहरु थप हुने क्रम भने घटेको छैन ।