सांसदले लगे १ करोड ५५ लाख | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सांसदले लगे १ करोड ५५ लाख

pradesh 4

पोखरा, ३१ बैशाख । प्रदेश सांसदले पारिश्रमिक तथा सेवा सुविधाका लागि वैशाख मसान्तसम्म १ करोड ५५ लाख रुपैयाँ लगेका छन्। प्रदेशसभा गठन भएको मितिले उनीहरूले पाउने पारिश्रमिक तथा सेवासुविधा बापतको रकम भुक्तानी गरिएको संसद् सचिवालयको लेखा शाखाले जानकारी दिएको छ। प्रदेशसभा गठन भएको मिति २०७४ माघ ५ देखि वैशाख ३१ सम्म गरि दुईपटक सेवासुविधाको रकम भुक्तानी भएको छ।

सचिवालयका लेखा अधिकृत दुर्योधन गिरीका अनुसार माघदेखि चैतसम्मको पारिश्रमिक ६५ लाख ५६ हजार पाँच सय ९४ र वैशाखसम्मको सेवासुविधा बापत ८६ लाख ३३ हजार एक सय २ रुपैयाँ सांसदहरूको सेवासुविधामा खर्च भएको छ। यसमा वैशाख महिनामा सांसदले पाउने पारिश्रमिक पनि समावेश गरिएको छ।

प्रदेशसभाका सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयक पारित भएपछि उनीहरूले पाउने पारिश्रमिक र सेवासुविधाको टुंगो लागेको थियो । सोही अनुरूप नै सांसदहरूको पारिश्रमिकको रकम भुक्तान गरिएको उनले जानकारी दिए। तर, प्रदेशसभा सदस्यहरूलाई भुक्तानी गरिएको रकम भने फरक रहेको छ। प्रदेशसभाको सपथ खाएको मितिले भुक्तानी दिईने भए तापनि कुल ५९ सदस्यहरु मध्ये सरकारका ७ जना मन्त्रीहले प्रदेशसभा सदस्य रहँदाको दिनसम्मको मात्र पारिश्रमिक पाएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माघ ५ गतेदेखि मुख्यमन्त्री नियुक्त भएको अघिल्लो दिन माघ २९ गतेसम्मको मात्र पारिश्रमिक लगेका छन्। लेखा अधिकृत गिरीले दिएको जानकारी अनुसार मुख्यमन्त्री गुरुङले सांसदको हैसियतमा ३२ हजार छ सय ७० रुपैयाँ पारिश्रमिक, घरभाडा बापत ११ हजार रुपैयाँ मात्र पाएका छन्।

यस्तै, फागुन ४ गते पहिलोपटक विस्तारित मन्त्रीमण्डलमा परेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले माघ ५ देखि फागुन ३ गतेसम्म पारिश्रमिक बापत ४२ हजार रुपैयाँ पाएका छन्। उनीहरूले पनि सांसद भएको अवधिसम्म घरभाडा बापत ११ हजार रुपैयाँ पाएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);