मोदी भ्रमण: प्रतिबद्धताको नवीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोदी भ्रमण: प्रतिबद्धताको नवीकरण

modi guard of honour

काठमाडौं, ३० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने राजकीय भ्रमणको अन्तिम दिन शनिबार पुरानै प्रतिबद्धता दोहोर्याउँदै नेपाल–भारत १६ बुँदे संयुक्त विज्ञप्ति जारी भएको छ । आफ्नो पहिलो भ्रमणमा झैं मोदीले नेपालीको मन जित्न चुके पनि संयुक्त विज्ञप्तिमा भने पुरानै प्रतिबद्धता दोहोर्याएको देखिन्छ ।

संयुक्त विज्ञप्तिको सातौं बुँदामा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदी नेपाललाई थप हवाई रुट दिनेबारे छिट्टै छलफल गर्न आआफ्ना देशका प्रविधिक टोलीलाई निर्देशन दिएका छन् ।” यस्तै, ओलीको भारत भ्रमणका बेलामा भएका प्रतिबद्धता पनि दोहोरिएका छन् । जसमा पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख छ ।

संयुक्त वक्तव्यमा परेको यस्तै पुरानै प्रतिबद्धता हो– नेपाल भारत व्यापार सन्धि पुनरावलोकन । नेपालको भारतसँगको व्यापारघाटाबारे दुई प्रधानमन्त्रीबीच छलफल भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । तर, यसलाई कसरी समाधान गर्ने भन्नेबारे केही उल्लेख छैन । यसअघि पनि यो विषयमा छलफल गरिएको भनिएको थियो । साथै, संयुक्त विज्ञप्तिमा अघिल्लो महिना प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भएका समझदारीका विषयमा कुराकानी भएको र दुवै प्रधानमन्त्री कृषि, रेल र जलमार्गबारे प्रभावकारी कार्यान्वयन गर्न सहमत भएको पनि दोहोरिएको छ । आजको कारोबारमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);