काठमाडौं, २९ वैशाख । काठमाडौं महानगरपालिकाले नेपाल भ्रमणमा रहेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गरेको छ ।
महानगरका मेयर विद्यासुन्धर शाक्यले भारतिय प्रधानमन्त्री मोदीलाई महानगरको साँचो हस्तान्तरण गरेका छन् । यसैगरी महानगरले मोदीलाई ५५ किलोको बुद्धको मूर्ति उपहार दिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनको फोटो खिच्न सभागृह पुगेका नीजि सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ ।
भारतीय पत्रकार र नेपालको सरकारी मिडियाका पत्रकारलाई भने भित्र छिराइएको छ । फोटो खिच्न निषेध गरेको भन्दै फोटो पत्रकारले सडकमा क्यामेरा राखेर सांकेतिक विरोध गरेका छन् ।