काठमाडौं, २९ वैशाख । खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्म सबै जनतालाई स्वच्छ खानेपानी पु-याउने उद्देश्यकासाथ मन्त्रालयले काम गरिरहेको बताएकी छन् ।
ललितपुरको लुभूमा शनिबार लुभू खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तल्लो दोभान खानेपानी आयोजनाको दोश्रो बार्षिक साधारण सभामा बोल्दै मन्त्री मगरले २०३० सम्ममा सबै जनतालाई स्वच्छ खानेपानी पु-याउने सरकारको लक्ष रहेको बताइन् ।
पानीमा थुप्रै संभावना रहेकाले मुख्य आयस्रोतको रुपमा पानीलाई प्रयोग गर्ने रणनीति अनुसार कार्ययोजना बनाउन मन्त्रालय लागिपरेको उनको भनाइ छ ।