वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न वित्तिय संस्थाहरुलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न वित्तिय संस्थाहरुलाई सुझाव

yubraj khatibada

काठमाडौं, २९ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले वित्तिय अनुशासन र पादरदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्न वित्तिय संस्थाहरुलाई सुझाव दिएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व विषयमा शनिबार काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तिय अनुशासन र पारदर्शीताबिना बचतकर्ता र सर्वसाधरणको विश्वास आर्जन गर्न नसकिने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले वित्तिय संस्थाहरुलाई सरकारका नीति नियम पालना गर्दै जनउत्तरदायी र पारदर्शी हुन सचेत गराए ।

वित्तिय अवस्थाको लेखापरिक्षण, संपरीक्षण गर्ने निकायहरुलाई पनि आफुले हेर्ने संघ संस्थाको वित्तिय अवस्था विश्लेषण गर्दा कुनै आग्रह पुर्वाग्रह नराख्न उनले सुझाव दिए । छिटफुट घटनाले सिंगो वित्त क्षेत्रलाई नै प्रभाव पार्ने भएकाले जिम्मेवार, पारदर्शीता र अनुशासनलाई कायम राख्नपर्ने उनको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);