पूँजीबजार विकास र बिस्तारका लागि नेपालमै पहिलो पटक पूँजी बजार प्रदर्शनी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

पूँजीबजार विकास र बिस्तारका लागि नेपालमै पहिलो पटक पूँजी बजार प्रदर्शनी सम्पन्न

securities board of nepal

काठमाडौं, २८ बैशाख । नेपाल धितोपत्र बोर्डले पूँजीबजार विकास र बिस्तारका लागि नेपालमै पहिलो पटक पूँजी बजार प्रदर्शनी सम्पन्न गरेको छ ।

धितोपत्र बोर्डको रजत जयन्तिको अवसरमा काठमाडौंको भृकुटीमण्डमा बोर्डको मुख्य आयोजनामा बैशाख २६ र २७ गते प्रदर्शनी आयोजना गरिएको थियो । धितोपत्र बजारको बिस्तार र सर्वसाधारणलाई पूँजीबजारबारे सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीमा पूँजी बजारसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल स्टक एक्सचेन्ज,सिडिएस एन्ड क्लियरिङ लिमिटेड , मर्चेन्ट बैंक, धितोपत्र दलाल, सुचिकृत कम्पनी बीमा समिति र सामुहिक लगानी कोषलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम दिनको कार्यक्रममा धितोपत्र बोर्डमा संस्थागत सुशासन वित्तीय साक्षरता अभिबृद्धि तथा वास्तविक क्षेत्रका लगानीकर्ता भित्र्याउन थप चुनौतिको विषय भएको जनाएको छ । नेपाल राष्ट बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पछिल्लो समय पुँजीबजारले फड्को मारेको बताउदै थप स्वायत्त शासन हुुनुपर्नेमा जोड दिए ।

प्रदर्शनीमा पूँजी बजारसँग सम्बन्धित सरोकारवालाले १ सय ७० वटा स्टलबाटै अबलोकनकर्तालाई आफ्नो ब्यबसाय, क्षेत्र र सेवाका बारेमा जानकारी दिएको थियो । बोर्डले नक्कली कम्पनीको शेयर कारोबारका सम्बन्धमा विभिन्न धितोपत्र दलाल व्यवसायिलाई कारबाहि तथा जरिवाना गरेकोसमेत जनाएको छ ।

त्यसैगरी बोर्डले भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, पूर्वाधार कोष, हेज फण्ड त्यसैगरी साना तथा मझौला कोष सम्बन्धि व्यवस्था समावेश गरी वैंकल्पिक लगानी कोष नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरिरहेको पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);