काठमाडौं–तराई–मधेस दु्रतमार्ग को विस्तृत आयोजना प्रतिवेदन लागि आवेदन | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

काठमाडौं–तराई–मधेस दु्रतमार्ग को विस्तृत आयोजना प्रतिवेदन लागि आवेदन

fast track

काठमाडौं, २६ बैशाख । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि १७ कम्पनीले आवेदन दिएका छन ।

आवेदन दिनेमा एउटा नेपाली र १६ वटा विदेशी कम्पनीहरु रहेका छन् । सेनाले डिपिआर निर्माणका लागि आवेदन चैत १४ देखि खुलाएको थियो । आवेदन खुलेको १५ दिनभित्र एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको सेनाले प्राप्त आवेदनलाई यही १३ गते खोलेर मूल्यांकन गरिरहेको जानकारी दिएको छ । सेनाले डिपिआर निर्माणका लागि निश्चित मापदण्ड पनि तोकेको छ । उक्त मापदण्डभित्र पर्ने कम्पनीको मात्र इओआई आवेदन स्वीकृत हुने सेनाले जनाएको छ ।

इओआई मार्फत आवेदक कम्पनीको प्रारम्भिक प्रतिवेदनका आधारमा मापदण्ड पूरा गर्ने कम्पनीलाई डिपिआर निर्माणको जिम्मा दिइने सेनाले जनाएको छ । फास्ट ट्रयाकको डिपिआर यसअघि भारतीय कम्पनी आइ एल एन्ड एफ एसले निर्माण गरिसकेको थियो । तर सरकारले भारतीय कम्पनी सँगको सम्झौता रद्द गरेर आयोजना निर्माणको जिम्मा सेनालाई दिएपछि सो डिपिआर पनि रद्द गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);