१ किलो हरियो चियापत्ति उत्पादन गर्न ३७ रुपैयाँ ३१ पैसा खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१ किलो हरियो चियापत्ति उत्पादन गर्न ३७ रुपैयाँ ३१ पैसा खर्च

chiya

काठमाडौं, २५ बैशाख । चिया तथा कफी विकास बोर्डको अध्ययन अनुसार ईलामको सूर्याेदय नगरपालिकामा गरिएको अध्ययनले किसानले १ किलो हरियो चियापत्ति उत्पादन गर्न ३७ रुपैयाँ ३१ पैसा खर्च गर्नु परेको तथ्यांक निकालेको छ ।

किसानले चियामा लागत बढी भए पनि आम्दानी ज्यादै कम भएको गुनासो गरेपछि नगरपालिका र बोर्डले चिया उत्पादनमा हुने लगानीबारे संयुक्त अध्ययन गरिएको हो । अध्ययनअनुसार मल, सिँचाइ, कटिङ, टिपाइ, औषधि, गोडमेल, लगानीको ब्याज, पारिश्रमिकलगायत सबै जोड्दा १ किलो हरियो चिया उत्पादन गर्न यो लगानी भइरहेको पाइएको हो । तर, पहिलो टिपाइमा ९० रूपैयाँ प्रतिकिलोसम्म पुगेको हरियो चियाको मूल्य अन्य टिपाइमा २५ रुपैयाँसम्ममा झर्ने गरेपछि किसानले लगानी उठाउन सकिरहेका छैनन् । किसानले ३५ रुपैयाँ लगानी गरेर २५ रुपैयाँमा बेच्दा चियाबाट कत्तिको घाटा भइरहेको छ ।

अब उद्योगहरूले किसानलाई हरियो चियाको उचित मूल्य दिनुपर्छ भनेर उद्योगी र किसानबीच नगरपालिकाले समन्वय गर्ने तयारीमा रहेको छ । नगरपालिकाले किसानले पाउने हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्य तोक्ने तयारीसमेत थालेको छ । नगरले किसान र उद्योगीको समन्वयमा हरियो चियाको न्यूनतम् मूल्यबारे आचारसंहिता नै बनाउने तयारी गरेको हो । किसानलाई हरियो चियाको न्यूनतम लागत उठ्ने गरी मूल्य दिन र नगरपालिकाभर मूल्यमा एकरूपता कायम गर्न आचारसंहिता बनाउने तयारी भएको नगरपालिकाले जनाएको छ । आउँदो जेठ ७ गतेसम्ममा न्यूनतम् मूल्य लागू गर्ने वातावरण बनाउन र आचारसंहिता निर्माण गर्न समिति गठन गर्ने तयारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);