दाङका कृषकहरु पशुको कृत्रिम गर्भाधारणतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

दाङका कृषकहरु पशुको कृत्रिम गर्भाधारणतर्फ आकर्षित

गोपाल शर्मा भट्टराई

दाङ, २४ वैशाख । दाङका कृषकहरु पशुको कृत्रिम गर्भाधारणतर्फ आकर्षित भएका छन् । कृषकहरुले पशुको कृत्रिम गर्भाधान गराउन पशु सेवा शाखाबाटै सेवा लिन थालेका हुन ।

विभिन्न प्रजातीका पशुहरुमा कृत्रिम गर्भाधान गराईने भएपछि पशु पालक कृषक थप उत्साहित बनेको जिल्ला पशु सेवा कार्यालय तुलसीपुरले जनाएको छ ।

कृत्रिम गर्भाधान विधिबाट आवश्यकता अनुसार भाले वा पोथीजातको पशु उत्पादन पनि गराउन सकिन्छ । आफुलाई आवश्यक भए अनुसार पशुको कृत्रिम गर्भाधान गराईने भएकाले यो विधि लोकप्रिय बन्दै गएको शाखाका पशु सेवा प्राविधिक सुवास आचार्यले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७४-०७५ को ९ महिनामा करीव साढे आठ सय पशुको कृत्रिम गर्भाधान गराईएको छ । नेपाल सरकारले सञ्चालनमा ल्याएको यो प्रविधिलाई स्थानीय निकायहरुले राम्रोसँग लागू गरेको उनले बताए ।

वैज्ञानिक कृषि प्रणाली अन्तर्गत कृत्रिम गर्भाधानको विधिले नस्ल सुधार भएको किसान गोपी कृष्ण गौतमले बताए । व्यवसायिक रुपमा पशुपालनमा लागेका कृषकले कृत्रिम गर्भाधान विधिबाट बढी फाइदा लिन सक्ने विज्ञहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);