राष्ट्रिय सभाको बैठकमा यातायात समितिका नाममा रहेको सम्पत्तिकाे चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रिय सभाको बैठकमा यातायात समितिका नाममा रहेको सम्पत्तिकाे चर्चा

काठमाडौं, २४ वैशाख । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले यातायात समितिहरुको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्ने कि व्यवसायीलाई नै दिने भन्ने प्रश्न गरेका छन् ।

सरकारले यातायात व्यवसायीहरुको बैँक खातासमेत आईतबार अपरान्हबाट रोक्का गरेपछि ती खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न उठाएका हुन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिडारीले सार्वजनिक संस्थाको रुपमा दर्ता भएका यातायात समितिहरुको अर्बौँको सम्पत्ति रहेको बताए ।

सांसद बिडारीले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट अन्त्य गर्ने सरकारको निर्णय प्रशंसा योग्य भएपनि सर्बसाधरणलाई सहज सेवा उपलब्ध गराउने योजना भने सरकारसँग नरहेको आरोप लगाए ।

उनले सरकारका पदाधिकारीबाटै सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको भन्दै दोषिमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);