आर्थिक गतिलाई बढवा दिनेगरी पर्यटन क्षेत्रको विकास गरिने : मन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

आर्थिक गतिलाई बढवा दिनेगरी पर्यटन क्षेत्रको विकास गरिने : मन्त्री अधिकारी

rabindra

काठमाडौं, २४ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली रैथाने खानाहरुको अन्तर्राष्ट्रियकरण अभियान’को शुभारम्भ गर्दै मन्त्री अधिकारीले आर्थिक गतिलाई बढवा दिनेगरी पर्यटन क्षेत्रको विकास गरिने बताए । उनले नेपाली खानालाई विश्वव्यापी बनाउन सरकारले विदेशस्थित नेपाली दुतावास, गैर आवासीय नेपालीमार्फत् पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली रैथाने खानाका परिकारहरु प्रर्दशन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);