एजेन्सी, २४ बैशाख । इरानका राष्ट्रपति हसन रुहानीले आफ्नो मुलुकसँगको पारमाणविक सम्झौताबाट अमेरिका पछि हटे पछुताउनुपर्ने चेतावनी दिएका छन् ।
अमेरिकाको जस्तोसुकै कदमको प्रतिवाद गर्न इरान तयार रहेको रुहानीको भनाइ छ । बीबीसीका अनुसार रुहानीले इरानी प्रतिक्रिया कस्तो हुन्छ भन्नेबारे भने केही खुलाएनन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्ने बताइएको छ । फ्रान्स र रुससहित पारमाणविक सम्झौताका अन्य हस्ताक्षरकर्ताले भने उक्त सम्झौताको समर्थन गरिरहेका छन् ।
ब्रिटिश विदेशमन्त्री बोरिस जन्सन उक्त सम्झौताबारे छलफल गर्न अहिले वासिङ्टनमा छन् । उनले पारमाणविक सम्झौताबाट हात नझिुक्न ट्रम्प प्रशासनलाई सुझाव दिएको बताइएको छ ।