सरकार श्रमिकहरुको हकहितको रक्षा गर्न प्रतिबद्ध : गोकर्ण विष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

सरकार श्रमिकहरुको हकहितको रक्षा गर्न प्रतिबद्ध : गोकर्ण विष्ट

gokarna bista

काठमाडौं, २३ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकार श्रमिकहरुको हकहितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित संघीय संरचनामा अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियामा मन्त्री विष्टले श्रमिकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । सरकारले आधारभुत तहका जनताको जीवन माथि उठाउने अठोट लिएको भन्दै उनले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह गरे ।

मन्त्री विष्टले आगामी साउनदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा वृद्धि गरिने र न्यूनतम भन्दा तल नरहने गरी सबै श्रमिकको पारिश्रमिकको सुनिश्चितता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीले रोजगारीको सुनिश्चितता गनुपर्ने, अस्थायी कर्मचारी समायोजन नभएसम्म नयाँ भर्ना गर्न नहुने, अनिवार्य बिमा गर्नुपर्नेलगायत माग राखेका थिए ।