पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

punanirman

काठमाडौं, २३ बैशाख । भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेको छैन ।

भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको छ ।

भारतले पाटनको नापीचन्द्र महाविहार, गोपीचन्द्र महाविहार, भीमसेन मन्दिर
सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा, ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);