प्रधानमन्त्रीद्वारा 'संसद देखि संविधान सभासम्म' पुस्तक विमोचन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २० २०८१, मंगलबार

प्रधानमन्त्रीद्वारा ‘संसद देखि संविधान सभासम्म’ पुस्तक विमोचन

काठमाडौं २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक संसद देखि संविधान सभासम्म आज बिमोचन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेता अधिकारीले पुस्तक लेख्नु महत्वपूर्ण भएको बताए । उनले भने ‘आफ्नो जीवन भोगाइका विभिन्न घटनाहरुलाई सिल सिलेवार ढंगले प्रष्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।’

प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गरे । ‘नेपालीका पुर्खाले रामायण, बेद, जस्ता ग्रन्थहरु लेखे’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा पुर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकोले लेख्नलाई हामीलाई गा-हो हुँदैन ।’

घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्र बहादुर चन्द, मन्त्रिपरिषदकापूर्व अध्यक्ष खिलराज रेग्मी लगायतले बोलेका थिए ।

कार्यक्रमा प्रधानमन्त्री ओलीले अधिकारीको ८२ औं जन्मोत्सवका अवशरमा सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);