काठमाडौं, २२ वैशाख । नयाँ नेतृत्व चयनका लागि भएको अखिल नेपाल फुटबल संघको निर्वाचनको मतगणना जारी छ । आज भएको निर्वाचनबाट एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन हुनेछन् । निर्वाचनमा जिल्ला खेलकुद संघ, क्लब तथा समितिका गरी ७७ जना मतदाता रहेकोमा ७६ जनाले मात्र मतदान गरेका छन् ।
कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेनन् । साधारणसभाको उद्घाटन गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्वाचनपछि आउने नयाँ कार्यसमितिले एन्फालाई चलायमान बनाउँदै नेपाली फुटबलको विकासका लागि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यसअघि अध्यक्ष पदमा कर्माका विरुद्ध चुनावी मैदानमा उत्रिएका मणि कुँवर चुनावी प्रक्रियामा सहभागी भएनन् ।