'मान्छे खरिद गरि काममा जोताउने व्यवस्थाको तत्काल अन्त्य हुनुपर्छ' | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

‘मान्छे खरिद गरि काममा जोताउने व्यवस्थाको तत्काल अन्त्य हुनुपर्छ’

काठमााडौं, २२ वैशाख । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले मान्छेले मान्छेलाई खरिद गरि काममा जोताउने व्यवस्थाको तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक खरिद ऐनमा मान्छेले मान्छे किन्ने व्यवस्था गरिएको भन्दै तत्काल त्यस्तो ऐन खारेज गर्नुपर्ने माग गरे । अस्थायी, करार र ज्यालादारी श्रमिकहरुले पेटभर खान नपाउने अवस्था अहिले पनि रहेको भन्दै उनले सामाजिक सुरक्षा ऐन, सामाजिक सुरक्षा नियमावलि जारी गरि सबै श्रमिकलाई ऐन भित्र ल्याएर सामाजिक सुरक्षा कोष कार्यान्वयन हुने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए ।

श्रमिकलाई बमको संज्ञा दिदै उनले श्रमिकका मागलाई वेवास्ता गरियो भने त्यसले ठुलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिए । उनले भने “यो मास माओवादीको भाषामा सिंहदरबारभित्र सरकार आफैले बनाउँदै गरेको बम हो । सिंहदरबारभित्र सरकार आफैले बम बनाईरहेको छ । हाम्रो अगाडि उभिएको यो बम हो । यो पड्कँदा यो त आफै सिद्धिन्छ । तर यसले धेरैलाई सिध्याउने वाला छ ।”

सरकारको हातमा देखिएको समाजवाद उन्मुख संविधानबाट समाजवाद प्रति लालयित लाखौ जनतामा आशा पलाएको भन्दै उनले श्रमिक वर्गको माग सम्बोधन गर्दै मुठ्ठीभर मान्छे मात्रै मोटाउने परिपाटीको अन्त्य गर्न माग गरे ।

श्रमिकहरु खोलाको किनार र सार्वजनिक स्थानमा छाप्रो हालेर बस्ने अवस्था रहेको भन्दै उनले श्रमिकका लागि सुरक्षित र सुविधा सम्पन्न आवास निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले तल्लो र निम्न बर्गको श्रमिकको अनुहारमा खुसी र सम्पुर्ण रुपमा सुरक्षित भएको प्रत्याभुति गर्न नसक्ने हो भने सरकारको विकास र समृद्धिको नारा मुठ्ठीभर मान्छेका लागि मात्रै हुने टिप्पणी गरे । उनले मजदुरले आफुलाई जबसम्म सम्पुर्ण विषयबाट सुरक्षित भएको महसुस गर्दैन तबसम्म मुलुकमा समाजवादको अनुभव गर्न नसकिने तर्क प्रस्तुत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);