रुकुमगाड हाइड्रो पावरको भौतिक संरचना निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

रुकुमगाड हाइड्रो पावरको भौतिक संरचना निर्माण सुरु

रुकुम, २१ वैशाख । रुकुम पूर्वमा ५ मेगावाट उत्पादन क्षमताको रुकुमगाड हाइड्रो पावरको भौतिक संरचना तयार गर्न थालिएको छ । सिस्ने गाउँपालिका ५ देउराली ओडारनजिकै विद्युतगृह निर्माण गर्ने गरी पूर्वाधार तयार गर्न थालिएको हो।

सिस्ने गाउँपालिका ५ कै चोरखोलामा ड्याम निर्माण गरेर नहरलाई भूमे गाउँपालिका ४ हुँदै देउराली ओडारसम्म पुर्याईने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड मार्फत उक्त आयोजना बन्न लागेको हो ।

कम्पनीले हाइड्रो पावरका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपूर्वका सबै काम सकिसकेको जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन, ट्रान्समिटर लाइन सर्भे, भौतिक पूर्वधारहरू ड्याम, नहर र विद्युत उत्पादन गृह निर्माणका लागि जग्गा खरिद भइसकेको आयोजना प्रमुख धु्रव मिश्रले जानकारी दिए ।

साविकको रुकुम तथा हालको रुकुम पूर्व र रुकुम पश्चिमलाई एक मेगावाट क्षमताले पुग्ने देखिन्छ भने रुकुमगाडबाट उत्पादन हुने अन्य विद्युत बाहिर पठाइने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);