केरा खेतिको क्षतिपूर्ति उपलब्ध गराउने प्रदेश सरकारको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

केरा खेतिको क्षतिपूर्ति उपलब्ध गराउने प्रदेश सरकारको आश्वासन

३ हजार केराका बोट काटेर सखाप

चितवन, १९ वैशाख । प्रदेश–३ सरकारले चितवनमा अज्ञात समुहले नष्ट गरेको केराखेतिको क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएको छ ।

चितवनको कालिका नगरपालिका–६ मा अज्ञात समुहले नष्ट गरेको केरा खेतिको निरिक्षण गर्न पुगेका प्रदेश–३ का कृषि तथा शहकारीमन्त्री दावा दोर्जे लामाले पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएका हुन् ।

केरा खेति नष्ट गर्ने काम मानविय स्वभावभन्दा बाहिरको विषय भएको भन्दै उनले दोषिलाई कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

अज्ञात समुहले सोमबार राती कालिका नगरपालिका ६ स्थित स्थानीय किसानले लगाएको तीन हजार बढी केराको बोट नष्ट गरेको थियो ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार, यसबाट स्थानीय १२ घर प्रभावित भएका छन् भने कम्तिमा १५ लाखको क्षति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);