काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट

kavre ma airport

काठमाडौं, १९ बैशाख । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिनभित्रै स्थान छनौट गर्ने भएको छ ।

अहिले चर्चामा रहेका तीनवटा स्थानमध्ये उपयुक्त स्थान छनौट गर्नको लागि एक कार्यदल समेत गठन गरिने भएको छ । पर्यटनमन्त्री रबिन्द्र अधिकारीले मंगलबार काभ्रेका प्रस्तावित तीनवटै विमानस्थलको स्थलगत अध्ययन गरेपछि यस्तो निर्णय सुनाएका हुन् । बनेपा नगरपालिकाको नागीडाँडा र धुलिखेल नगरपालिकामा पर्ने ठूलीचौरको यसअघि नै प्रारम्भिक अध्ययन सकिएको थियो । हालैमात्रै चर्चामा आएको चिसापानी ठूलीचौरको पनि मन्त्रीसहितको टोलीले अध्ययन गरेको छ । तर, यो काठमाडौंबाट दूरीका हिसाबले नाँगीडाडा र ठूलीचौर विमानस्थलभन्दा टाढा हुने विज्ञहरुको भनाई छ ।

ठूलीचौर विमानस्थल वरपर रहेका स्थानीयहरुले त्यहाँको पर्यटकीय क्षेत्र ध्वस्त हुने भन्दै विमानस्थल निर्माण गर्न उचित नहुने बताउँदै आएका छन् । ठूलीचौरमा विमानस्थल निर्माण गर्ने हो भने ६० प्रतिशत बराबरको जग्गा अधिग्रहण गर्नुपर्छ भने नागीडाडाका लागि २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गरे पुग्ने नागरिक उडड्यन प्राधिकरणले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);