राजश्व लक्ष्य दुई सातामै पूरा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

राजश्व लक्ष्य दुई सातामै पूरा

rasuwa vansar office

रसुवा, १९ बैशाख । रसुवा भन्सार कार्यालयको बैसाखको राजश्व लक्ष्य दुई सातामै पूरा भएको छ । वैशाख महिनाका लागि ३२ करोड ६७ लाख रुपैयाँको लक्ष्य राखेको भन्सार कार्यालयले दुई सातामै ३६ करोड रुपैयाँ बराबर संकलन गरेको भन्सार कार्यालयले जनाएको हो ।

भन्सार मूल्यांकनमा भएको कडाईका कारण उल्लेख्य राजस्व संकलन भएको बताइएको छ । वीरगञ्ज भन्सारबाट निकासी हुने टेलिकमका सामानहरु रसुवाबाट आउँदा पनि आधा समयमै लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । चीनतर्फको सिमा नाका बन्द हुँदा फागुन र चैतमा धेरै सामान अड्केका अहिले ती सामान आउँदा पनि राजश्व बढेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा रसुवा भन्सारलाई ३ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । बैशाख मसान्तसम्मको लक्ष्य भने २ अर्ब ९४ करोड रुपैयाँ भएकोमा २ अर्ब ६५ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);