बाढीका कारण हालसम्म १११ को मृत्यु, हजारौँ घर डुबानमा, ३५ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

 ३१ साउन, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार राती देखिको भारी बर्षापछि आएको बाढीका कारण झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा १११ को मृत्यु भएको बताए ।  ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न भएपछि तत्काल उद्धार तथा राहत वितरणमा समस्या भएको उनले बताए ।

 

व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै उनले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भू-भागका साथ हजारौ घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौँ जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको जानकारी दिए ।

 

राहत वितरण र उद्धार गर्न कठिनाई भएपनि सरकारले सम्पुर्ण शक्ति परिचालन गरी संकटको सामना गरिरहेको जनाउँदै उनले भने हराएका ३५ जनाको खोजी कार्य जारी छ ।

 

भत्किएका पुल, बाटो मर्मत गर्ने क्रम भईरहेको छ । १० हजार घर मर्मत गरेर पनि बस्न नमिल्ने गरी क्षति भएको उनले जानकारी दिए । घरको क्षति मुल्याकन गरी तात्कालिन, मध्यकालिन र दीर्घकालिन रुपमा सम्बोधन गरिने उनले बताए । गृहमन्त्री शर्माले संकटको समयमा सबैलाई सहयोग गर्न आग्रह गरे ।

 

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई  दुई लाख र घर मर्मत गर्न  दश हजार वितरणसमेत सुरु भएको  जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट पारे । “सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव भएको उनले बताए ।

 

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);