प्रदेश ४ को बजेट आज | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

प्रदेश ४ को बजेट आज

pradesh 4

काठमाडौं, १९ बैशाख । प्रदेश ४ सरकारले चालू आर्थिक वर्ष ०७४ /७५ को बाँकी अवधिका लागि आज (बुधबार) बजेट ल्याउँदै छ । सरकारका तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद्मार्फत प्रदेशको बजेट सार्वजनिक गर्ने भएका हुन् ।

मन्त्री गुरुङले १३ वैशाखको संसद् बैठकमा प्रदेश सरकारले ल्याउन लागेको बजेटको सिद्धान्त तथा प्राथमिकताबारे जानकारी दिएका थिए । सोही सिद्धान्त तथा प्राथमिकताका आधारमा बजेट आइने भएको छ । केन्द्रीय सरकारले उपलब्ध गराएको १ अर्ब २ करोडको सीमाभित्र रहेर बजेट ल्याइने मन्त्री गुरुङले जनाएका छन् ।

प्रदेशमा राजस्व परिचालन गर्न आवश्यक पूर्वाधार तयार भइनसकेकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानको रकमलाई स्रोत मानेर बजेट ल्याइन लागेको उनले जानकारी दिए । यसपटकको बजेटले आर्थिक वर्ष ०७५ / ७६ को बजेटका लागि आधार तयार गरी पूर्वाधार निर्माण एवं योजना तथा कार्यक्रमको अध्ययन गरी प्राथमिकता निर्धारणसँगै आधुनिक र समृद्ध प्रदेश निर्माणको जग बसाउने मन्त्री गुरुङको दाबी छ ।

बजेट नीतिगत र कानुनी पूर्वाधारमा केन्द्रित हुने
यसपटकको बजेट नीतिगत र कानुनी पूर्वाधारको निर्माण, भौतिक पूर्वाधार निर्माणको आधारशिला तयार गर्ने, स्रोत र साधनको परिचालन, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीको सिर्जना र गरिबी निवारण, आगामी बजेटको आधारशिला तयार पार्ने, सुशासन र शासकीय क्षमता अभिवृद्धि गर्ने लगायतमा केन्द्रित रहने जनाइएको छ ।

यसैगरी, प्रादेशिक संरचनाको प्रबन्ध, प्रदेशमा लगानीमैत्री वातावरण, रोजगारीका अवसर, गरिबी निवारण, भौगोलिक तथा सामाजिक सन्तुलनसहितको प्रदेशको विकास गर्ने बजेटको मख्यु उद्देश्य रहेको मन्त्री गुरुङले जानकारी दिए ।

त्यसैगरी, बजेटको प्रथमिकतामा पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृिष क्षेत्रको व्यावसायीकरण र औद्योगिकीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार र भौतिक पूर्वाधारको निर्माण छन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);