प्रधानमन्त्री ओलीले श्रमिकहरुको न्युनतम ज्याला बढाउने प्रतिबद्धता जनाए | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

प्रधानमन्त्री ओलीले श्रमिकहरुको न्युनतम ज्याला बढाउने प्रतिबद्धता जनाए

pm kp oli

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरुको न्युनतम ज्याला बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले श्रमिक दिवसका अवसरमा शुभकामना दिने क्रममा उचित ज्याला प्रणालीअन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि सरकारले न्यूनतम ज्याला वृद्धि गर्ने योजना बनाएको बताए । उनले श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भइ शोषणको शिकार भइरहेको भन्दै श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशील रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई देशको विकास निर्माणमा सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान केन्द्रित गर्न थालिसकेको भन्दै स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्न सरकार कटिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);