साउन ३१ , काठमाण्डौँ । नेपाल र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुँदैछ ।
दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण तथा नेपालमा चिनियाँ लगाउने भित्र्याउने सम्बन्धी तीनवटा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । हस्ताक्षर पहिले नेपाल भ्रमणमा रहेका चीनका उपप्रधानमन्त्री वाङ याङले काठमाडौंको हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धार शुभारम्भ गर्नुभएको छ । याङले आज विहान हनुमानढोका पुगेर नौतले दरबारको जीर्णोद्धार शुभारम्भ गर्नुभएको हो । याङले आज राजनीतिक भेटघाट पनि गर्दै हुनुहुन्छ । उहाँले उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफू बसेको होटलमा बोलाएर भेटवार्ता गर्न लाग्नुभएको हो ।
उहाँले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तालिका छ ।




