मनिष डंगोल 'च्याम्प अफ दि च्याम्पियन्स' घोषित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

मनिष डंगोल ‘च्याम्प अफ दि च्याम्पियन्स’ घोषित

manish dangol

काठमाडौं, १७ बैशाख । प्रोफेसनल बक्सिङ इभेण्ट च्याम्प अफ दि च्याम्पिएन न्यु जर्नी प्रतियोगिताको च्याम्पिएन मनिष डंगोल भएका छन् । नेपाल प्रोफेसनल बक्सिङ कमिसनको आयोजना भएको प्रतियोगिताको च्याम्पिएन डंगोल घोषित भएका हुन् । डंगोलले च्याम्पिएनसिपको बेल्ट र २ लाख नगद पुरस्कार हात पारे ।

गत चैतमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा काठमाडौँका मनिष डंगोल र ओखलढुंगाका सरोज सेवा फाइनलमा प्रवेश गरेका थिए । तर सरोज बैदेशिक रोजगारीका लागि कोरिया गएकाले आयोजकले डंगोललाई बिजेता घोषित गरेको हो । डंगोलले बेल्जिएममा हुने प्रतियोगितामा खेल्न पाउने छन् ।

कार्यक्रममा नेपाल बक्सिङ क्लबका तर्फबाट कोषाध्यक्ष लालबहादुर महर्जनले डंगोललाई आमाको क्यान्सर उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);