काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकले ७८ करोड ७६ लाख थान नयाँ नेपाली नोट छापेको छ । भविष्यमा नगद नोट अभाव नहोस् भनेर आवश्यकता अनुसार सहज रुपमा मुलुकभर नेपाली नोटको ब्यवस्था गर्ने प्रयोजनले ठूलो मात्रामा नोट छापेर भित्र्याइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २५ बर्षका लागि धान्ने नोटको स्टक राख्ने नीतिगत ब्यवस्था अनुसार नोट भित्र्याइएको जानकारी दिएका छन् । बर्ष २०७४ बैशाख देखि २०७४ चैतसम्म एक खर्ब ३१ अर्ब ५६ करोड रुपैयाँ बराबरको विभिन्न दरका नोट छापेर भित्र्याइएका छन् । आर्थिक गतिविधिको बिस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रमा मौद्रिकीकरणमा सुधार भइरहेको परिप्रेक्ष्यमा राष्ट्र बैंकले कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ ।
देशभरका ७७ वटा नोट कोषहरुमा ५२ अर्ब रकम मौज्दात रहेको २०७४ चैत मसान्त सम्ममा र चलन चल्तिमा चार खर्ब ७४ अर्ब ९५ करोड रुपैयाँ बराबरका नोट रहेका छन् ।