चैनपुर–ताक्लाकोट सडक खण्ड निर्माणले गति लियो | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

चैनपुर–ताक्लाकोट सडक खण्ड निर्माणले गति लियो

bajhang

ललित सिंह
बझाङ,  १६ बैशाख । चैनपुर-ताक्लाकोट सडक खण्ड निर्माणले गति लिएको छ । बझाङको साईपाल गाउँपालिका हुँदै चीनको ताक्लाकोट नाकासम्म जोडिने सो सडक खण्ड समयमै बनाइ सक्ने लक्ष्य छ ।

२०७४ असारदेखि काम सुरु भएको सो आयोजना २०७८ भदौ भित्र सक्ने गरि तिव्र गतिमा भइहरेको हो । चैनपुर सदरमुखकामदेखि रुपातोलासम्म १८ किलोमिटर सडक खण्ड राजेन्द्र निर्माण सेवा कम्पनीले २२ करौडमा ठेक्का लिई काम गरिरहेको छ ।

रुपातोलादेखि साईपाल गाउँपालिकाको धुली गाउँसम्म ८२ किलोमिटर सडक सोच्छन्द्र बानिया नार्गाजुन कम्पनीले ७५ करोड ८५ लाख ५३ हजारमा बनाइरहेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले  निर्माण समयमै सक्ने कम्पनीको दाबी छ ।

सो सडक खण्ड निर्माण भएपछि प्रदेश ७ को विकास हुने सरोकारवालाको भनाई छ । चीनसँग जोडिएको ताक्लाकोट नाका संचालनमा आएपछि सामान आयत निर्यातमा सहज हुने छ । सो सडक खण्ड निर्माण भएपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।

बझाङको ताक्लाकोट नाका नेपालबाट सीमा जोडिएका नाकाहरुमध्ये सबै भन्दा नजिक र त्रिदशिय व्यापारिक केन्द्र पनि हो । ताक्लाकोट नाका नेपाल चीन र भारतबीच व्यापारीक केन्द्र हुने भएकाले सो सडक खण्ड बिना अवारोध समयमै निर्माण गर्न सरोकारवालाले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);