मलमासले रथयात्राको साइत तोक्ने काम अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

मलमासले रथयात्राको साइत तोक्ने काम अन्योलमा

rathayatra

ललितपुर, १६ वैशाख। रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेलतर्फ लैजाने दिन तोक्ने विषय कतिको भरपर्दो होला दिन घडी पला यकीन गर्न सरकारी मान्यताप्राप्त पञ्चाङ्ग निर्णायक समितिको पहुँचबाहिर रहेकाले पनि साइत तोक्ने विषयमा यस्तो सम्भावना देखिने गरेको हो ।

यो पल्ट जेठ महिनामा मलमास परेकाले मलमास सकेर रथयात्रा गर्नुपर्ने साइत आउँछ वा मलमासअघि नै आउँछ भन्ने विषयमा पाटनबासीको अहिले ठूलो खुल्दुली रहेको छ । मलमासपछिको साइत आउँदा मलमास समाप्त नहुञ्जेल रथयात्रामा काम गर्ने यँवाल, बाराही र बोसीलगायतलाई दैनिक खर्च बेहोर्नुपर्दा करिब थप ११ लाख रुपियाँको दायित्व गुठी संस्थानले बेहोर्नुपर्नेछ भने मलमासअगावै रथयात्रा भई भोटो देखाउने जात्रा पर्दा यो दायित्व संस्थानले बेहोर्नु पर्दैन ।
गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार साइत कुन दिनका लागि तोकिने हो भन्ने कौतुहलतामा संस्थान छ र साइत तोक्ने विषय संस्थानको अधीनमा पनि छैन । जानकार स्रोतका अनुसार जात्रामा सहभागी हुने समुदायबाट मलमास सकिएपछिको यात्रा चाहेका छन् भने संस्थान कम खर्चका लागि पनि मलमासअगावै साइत आओस् भन्ने चाहनामा छ । पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्य ढुङ्गेलका अनुसार मच्छिन्द्रनाथको रथयात्राको सुरु दिन समितिले तोक्छ, अन्यमा केही गर्दैन ।
सदस्यसचिव ढुङ्गेलका अनुसार परम्परागत रूपमा पाटनका चार जोशीले मिलेर साइत दिने प्रचलन थियो । अचेल त्यसमा दुई जना मात्र छन् र आपसमा विवाद गरिरहन्छन् । ज्योतिष परिषद्का अध्यक्ष डा लोकराज पौडेलले पनि दुई पक्षको झगडाबीच भोटो देखाउने जात्राको साइत आउने गरेको बताउनुभएको छ ।

शाखा प्रमुख पौडेलका अनुसार ज्योतिषीले संस्थानले चाहेकै पक्षमा साइत तोक्ने सम्भावना पनि छ तर कतिपयले भने मलमासपछि भोटो देखाउने जात्रा पर्छ भन्ने आँकलन गरिरहेका छन् । तर, त्यो विषयमा साइत तोक्नेहरू भने केही बोल्न चाहेका छैनन् । शनिबार रथबाट नरिवल खसाएपछि रथमा काठको काम गर्ने बाराहीको देवाली गर्ने दिन र साइत तोक्ने र यसपछि मात्र चाःबहालबाट जावलाखेलमा रथ लैजाने दिन तोक्ने प्रचलन छ । रथ जावलाखेल आइपुगेको चौथो दिनमा राष्ट्रप्रमुखले दुनियाँसमक्ष भोटो प्रदर्शन गर्ने प्रचलन छ । आजको गोरखापत्र दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);