कञ्चनपुर, १४ बैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा भारतीय सुरक्षा बल एसएसबीले नेपालीमाथि अवरोध गरेका छन् ।
जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तार जडान गर्ने क्रममा हातहतियार सहितका एसएसबीले अवरोध गरेका हुन् । एसएसबीको अवरोधपछि स्थानीय आक्रोशित भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक जंगली जनावर नियन्त्रण गर्न विद्युतीय तार जडान गर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले अवरोध गरेको हो ।
पूर्वसहमति अनुसार दशगजा क्षेत्रबाट करिब ५/ ७ मिटर वरैबाट तारबार लगाउन खोज्दा एसएसबीले अवरोध गरेको हो । एसएसबीको अवरोधपछि स्थानीय आक्रोशित भएका छन् । भारतीय पक्षले पटक पटक नेपालीलाई दुख दिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । भारतीय पक्षले सहमति गर्ने तर कार्यन्वन नगर्ने गरेको उनीहरुको भनाई छ ।