तराई डुबानको समस्या समाधान गर्न भारत गम्भीर हुनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

३० साउन, काठमाडौं । प्रमुख दलका नेताहरुले तराईमा वर्षेनी हुने डुबानको समस्या समाधान गर्न भारत गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

 

काँग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका उपाध्यक्ष भीम रावल र नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले तराईका अधिकांश भागमा हुने गरेको डुबानको समस्या समाधान गर्न भारत सरकार गम्भीर हुनुपर्ने धारणा राखेका हुन् ।

 

काँग्रेस नेता एवम् पूर्व परराष्ट्रमन्त्री महतले भारतीय पक्षबाट बाँध बाँधेका कारण तराईको भूभागमा डुबानको समस्या गम्भीर बन्न गएको उल्लेख गर्दै समस्या समाधान गर्न भारतसँग आग्रह गरे ।

 

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिमावर्ती क्षेत्रमा हुने डुवान समस्या समाधान गर्न दुवै मुलुकले तत्काल स्थलगत अवलोकन गरेर समस्या समाधानको उपायको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको तराई क्षेत्रको डुबान समस्या भारतले सिमावर्ती क्षेत्रमा बनाएको बाँधको कारण गम्भीर बन्न गएको आरोप लगाए । उनले नेपालको भूमि डुबान हुने समस्या समाधान गर्न भारत सरकारसँग आग्रह गरे ।

 

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले नेपाली भूमिमा डुवानको समस्या हुने गरेकाले समाधानका लागि भारतीय पक्ष गम्भीर हुनुपर्ने बताए ।

 

उनले भारतले बाँधेका बाँधका कारण नेपाली भूमिमा डुवानको समस्या झनै जटिल बन्दै गएको उल्लेख गर्दै ती समस्या समाधान गर्न दुवै देश सर्तक हुनुपर्ने औल्याए ।

 

उपनेता रायमाझीले तराईको डुवान समस्या समाधान गर्न र त्यसबाट हुने क्षति न्यूनिकरण गर्न नेपाल–भारत दुवै मुलुकको संयुक्त पहलको आवश्यक्ता रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);