के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ?

gold

काठमाडौं, १४ बैशाख । २० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्‍यो ।

उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।

तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए । यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गर्यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी गरिएको थिएन ।

यसरी थाहा पाए निरौलाले गोरे पक्राउ गर्न लागेको प्रहरीको सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए । ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ । विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए ।

भण्डारीलाई तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गोरे पक्राउको योजना बताएका थिए । गोरे पक्राउका लागि प्रहरीसँग समन्वय गर्ने जिम्मा पनि अर्यालले भण्डारीलाई दिएका थिए । सोही क्रममा भण्डारीले मोरङ जिल्ला प्रहरी कार्यालयसँग गोरे पक्राउ गर्न समन्वय गरिरहेका थिए । यसको सुइँको ब्युरोका तत्कालीन डिआइजी निरौलाले पाए । त्यसलगत्तै उनले प्रहरीको योजना गोरेलाई भने र गोरेलाई भगाए ।, यो खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);