काठमाडौं, १३ बैशाख । सुन तस्करीसँग ठुलाबडा नेपालीको साईनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साईनो गाँसिएको देखिन्छ ।
राजा महेन्द्रकै पालामा मनाङवासीको जीवनस्तर उकास्न भन्सार छुटको सुबिधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो । यहाँ अकुत नाफा गर्न सकिने वस्तु ल्याएर विक्री गर्ने धन्दा फस्टायो । मनाङे साहुको भरिया भएर हङकङबाट तीनवटा जिन्स पाईन्ट लाई मोटा गहना लगाएर फकिएको विषय हरिवंश आचार्यले आत्मकता चिना हराएको मान्छे मा लेखेका छन् ।
४० को दशकमा नै नेपाल सुनको ट्रान्जिट बनिसकेको थियो । दरबार सर्वशक्तिमान् भएका बेला दरबारिया कनेक्सन नभई सुन तस्करी सम्भव पनि थिएन ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।