काठमाडौं, १२ बैशाख । भुकम्प गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए । पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए ।
घर बनाईदिने बाचा गरे ।
भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो । मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो । त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।
भोट माग्नेहरु उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।