मुलुकको आर्थिक विकासमा सबै एक भएर लाग्नु पर्छ : अनुराधा | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

मुलुकको आर्थिक विकासमा सबै एक भएर लाग्नु पर्छ : अनुराधा

हेटौंडा, ११ वैशाख । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले मुलुकको आर्थिक विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।

प्रदेश ३ को विशेष बैठकलाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले राजनीतिक संक्रमणकाल अन्त्य भएकाले आर्थिक समृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले विकासका लागि सरकारले एक जिल्ला एक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

प्रदेश ३ को सरकारले प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र प्राविधिक शिक्षाको स्थापना तथा विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य लिएकाले सो लक्ष्य प्राप्तिमा सहयोग गर्न सबैलाई उनले आग्रह गरिन् ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);