काठमाडौं, ११ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।
मन्त्री पण्डितले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको बताए । मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।
जनताका अधिकारलाई संस्थागत गर्दै जारी भएको संविधानलाई दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढ्ने बताए । मन्त्री पण्डितले लोकतन्त्र कमजोर भएको आफूले सुन्न समेत नसक्ने स्पष्ट पारे ।