बर्दियाका जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कारको मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बर्दियाका जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कारको मुद्दा दर्ता

rape

काठमाडौं, ११ बैशाख । बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।

नेपालमाथि आफ्नो क्वार्टरमा खाना पकाउने महिलाकी १५ बर्षिय भदैनीमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । बालिकाले जिशिअ नेपालमाथि फुपु खाना पकाउनका लागि भान्सामा गएपछि आफूलाई पढाउने बहानामा पाहुना कोठामा चुकुल लगाएर अंगालो हाल्ने, स्पर्श गर्ने लगायतका क्रियाकलाप गरेको आरोप लगाएकी छिन् ।

उनी विद्यालय छुट्टि भएपछि फुपुकहाँ गएकी थिइन् । बालिकाले बलात्कार प्रयास गरेको अभियोग लगाएपछि जिल्ला शिक्षा अधिकारी नेपाल फरार भएका छन् । बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले नेपालको खोजी गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);