दलभित्रको सामन्ती संस्कार अन्त्य गर्नुपर्ने : नेता कृष्णप्रसाद सिटौला | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतन्त्र आएपनि राजनीतिक दलभित्र सामन्ती संस्कार कायमै रहेको र त्यहि कारण आम जनताको जीवनस्तरमा सुधार नआएको बताएका छन् ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता सिटौलाले सबैजसो राजनीतिक दलमा अझैपनि हैकमवादी सामन्ती चरित्र रहेको बताए । उनले लोकतन्त्र प्राप्तिपछि मुलुकमा राजनीतिक उपलब्धि हासिल भएपनि दलभित्र रहेको हैकमवादी चरित्र अन्त्य नगरेसम्म आम जनताले लोकतन्त्रको प्रतिफल पाउन नसक्ने बताए ।

कांंग्रेस नेता सिटौलाले लोकतन्त्र प्राप्तिपछिको अधिकांश समय सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले गरेका कारण जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए । कार्यक्रममा कांग्रेसका अर्का नेता डाक्टर शेखर कोइरालाले लोकतन्त्र प्राप्त भएको १२ वर्ष वितेपनि आम जनताले अनुभुति गर्न नपाएको भन्दै यसो भन्नुपर्दा आफूलाई लज्जावोध हुने बताए । कार्यक्रममा सहभागी नेताहरुले जनताको जीवनस्तरमा देखिने किसिमको सुधार नभए राजनीतिक परिवर्तनको अर्थ नहुने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);