इलाम, १० वैशाख । मनाङ मरस्र्याङ्दी क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक माईभ्याली क्लबलाई १–० ले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो ।
३७ औं मिनेटमा मनाङका हेमन गुरुङले प्रहार गरेको फ्रिकिकलाई नाईजेरियन खेलाडि काचीले हेडमार्फत गोल गरेका थिए । मंगलबार हुने दोस्रो क्वार्टरफाइनमा झापा ११ र एपीएफबीच प्रतिस्पर्धा हुने छ ।




